Class 10 Social Studies Notes in Nepali | Unit - 1 Nepali Medium

0
हामीसँग हाम्रो "हाम्रो समाज: कक्षा १० सामाजिक अध्ययन नोटहरू" छ। यस लेखमा, तपाईंले कक्षा १० को सामाजिक अध्ययन एकाइ १ को सबै नोटहरू नेपालीमा पाउनुहुनेछ।

सामाजिक अध्ययन एक महत्त्वपूर्ण विषय हो जसले विद्यार्थीहरूलाई उनीहरूको वरपरको संसारको राम्रोसँग बुझ्न मद्दत गर्न सक्छ। यसले इतिहास, अर्थशास्त्र, भूगोल, राजनीति, र थप जस्ता विभिन्न विषयहरू समेट्छ। सामाजिक अध्ययन नोटहरूले विद्यार्थीहरूको लागि बहुमूल्य स्रोतको रूपमा काम गर्दछ, उनीहरूलाई यी विषयहरूसँग सम्बन्धित अवधारणाहरू र विचारहरू बुझ्न र थप सूचित नागरिक बन्न अनुमति दिन्छ।

Published from Blogger Prime Android App

यी नोटहरूले कक्षाकोठाको सिकाइलाई पूरक बनाउन सक्छन् र विद्यार्थीहरूलाई विषयवस्तुको गहिरो बुझाइ प्रदान गर्न सक्छन्। यसबाहेक, तिनीहरूले परीक्षण वा परीक्षाको लागि तयारी गर्दा सन्दर्भ उपकरणको रूपमा सेवा गर्न सक्छन्। यी नोटहरू राम्ररी पढेर र अध्ययन गरेर, विद्यार्थीहरूले विषयको विस्तृत बुझाइ विकास गर्न सक्छन्।

समग्रमा, नेपालीमा कक्षा १० सामाजिक अध्ययन नोटहरू विद्यार्थीहरूको लागि उत्कृष्ट स्रोत हुन सक्छ। यी नोटहरू प्रयोग गरेर, विद्यार्थीहरूले संसारको बारेमा आफ्नो बुझाइ बढाउन र अधिक जानकार व्यक्तिहरू बन्न सक्छन्।

Published from Blogger Prime Android App

हामी र हाम्रो समाज

अति छोटो उत्तर आउने प्रश्नहरु

१. मानव संसाधन भनेको के हो ?
उत्तर: मानव संसाधन भन्नाले कुनै पनि कामका लागि आवश्यक पर्ने सामान्य तथा प्राविधिक मानव श्रोतलाई बुझिन्छ ।

२. मानव संसाधन विकास भन्नाले के बुझिन्छ ?
उत्तर: देशमा विकासका लागि आवश्यक पर्ने मानव संसाधनको आपूर्तिका लागि मानव संसाधनको विकास गर्ने कामलाई बुझाउँछ ।

३. दक्ष जनशक्ति भनेको के हो ?
उत्तर: कुनै काम राम्रोसँग गर्ने क्षमता र सीप भएका व्यक्ति वा समूहलाई दक्ष जनशक्ति भनिन्छ जस्तै: डाक्टर, प्राविधिक आदि ।

४. मानव संसाधन विकासको प्रकृया भन्नाले के बुझिन्छ
?
उत्तर: जनशक्तिको योजना प्रारूपको तयारी, वर्तमान जनशक्तिको विश्लेषण, भविष्यका लागि आवश्यक जनशक्ति, रोजगारी कार्यक्रमको क्रमवद्ध विकास, तालिम कार्यक्रमको विकास आदि चरणहरू अपनाएर क्रमवद्ध र व्यवस्थित रूपमा मानव संसाधनको विकास गर्ने प्रकृयालाई नै मानव संसाधन विकासको प्रकृया भनिन्छ ।

५. मानवसंसाधन व्यवस्थापन भन्नाले के बुझिन्छ ?
उत्तर: कामदारको व्यक्तिगत विकास तथा सक्षमता अभिवृद्धि गरी कामदारलाई कामप्रति उत्तरदायी वोध गराउने अवधारणालाई मानव संसाधन व्यवस्थापन भनिन्छ ।

६. मानवसंसाधन विकासका लागि राज्यले खेल्नु पर्ने भूमिका एक वाक्यमा लेख्नुहोस् ।
उत्तर: मानवसंसाधन विकासका लागि राज्यले निम्न भूमिका खेल्नु पर्ने हुन्छ ;
(क) नीति निर्माण गर्ने
(ख) तालिमको व्यवस्था गर्ने
(ग) पर्याप्त अवसरको सिर्जना गर्ने
(घ) प्राविधिक विद्यालयको स्थापना गर्ने
(ङ) मानवसंसाधनलाई स्वदेशमै वस्ने वातावरण सृजना गर्ने, आदि ।

७. मानवसंसाधन विकासको कुनै एउटा आवश्यकता लेख्नुहोस् ।
उत्तर: देशमा विकास कार्यका लागि चाहिने आवश्यक दक्ष जनशक्तिको माग पूरा गर्न मानवसंसाधन विकासको आवश्यकता पर्छ ।

८. दक्ष जनशक्ति उत्पादन गर्ने कुनै दुइटा उपायहरू लेख्नुहोस् ।
उत्तर: दक्ष जनशक्ति उत्पादन निम्न तरिकाले गर्न सकिन्छः
(क) वैज्ञानिक शिक्षा नीति कार्यान्वयन गरेर, 
(ख) तालिमको व्यवस्था गरेर,
(ग) देशको आवश्यकता अनुसार व्यावसायिक र प्राविधिक शिक्षा दिएर ।

९. मानवसंसाधन विकास र मानव संसाधन व्यवस्थापन बिच कुनै एक फरक देखाउनुहोस्
उत्तर: देशको विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने कामलाई मानव संसाधन विकास भनिन्छ । उपलब्ध जनशक्तिलाई सीप अनुसारको काममा लगाई कामप्रति जिम्मेवारी बोध गराउने कार्यलाई मानव संसाधन व्यवस्थापन भनिन्छ ।

१०. मानव संसाधन विकासका लागि राज्यले खेल्नुपर्ने भूमिका एक वाक्यमा लेख्नुहोस् ।
उत्तर: मानव संसाधन विकासका लागि राज्यले नीति तर्जुमा गर्ने पर्याप्त अवसरको सिर्जना गर्ने तालिम हलको व्यवस्था गर्ने, प्राविधिक शिक्षालयको व्यवस्था गर्ने, जेहेनदार विद्यार्थीलाई स्वदेशमा बस्ने वातावरण मिलाउने जस्ता क्षेत्रमा भूमिका निर्वाह गर्नुपर्छ ।

११. मानव संसाधन विकासको महत्व एक वाक्यमा लेख्नुहोस् ।
उत्तरः समयको सदुपयोग, पुँजी परिचालन, ऊर्जा व्यवस्थापन अपेक्षित उपलब्धि हासिल र तालिम छति न्यूनीकरणका लागि मानव संसाधन विकास महत्वपूर्ण
छ ।

१२. मानव विकास स्थितिमा सुधार गर्न के के गर्नपर्ला ?
उत्तर: मानव बिकास स्थितिमा सुधार गर्न यो स्वास्थ्य, शिक्षा, खाना, अवास, सोप क्षेत्रमा सुधार गर्नुपर्छ । व्यक्तिको प्रति आय, सैक्षीक स्तर र औसत आयुमा सुधारँगर्न सके मानव विकास सूचाङ्क वृद्धि हुन्छ ।

१३. मानव विकास सूचाङ्क भनेको के हो?
उत्तर: कुनै पनि देशको आर्थिक सामाजिक तथा शैक्षिक लगायत प्रगतिहरु को स्तर देखाउने माध्यम लाई मानव विकास 'सुचाङ्क भनिन्छ ।

१४. मानव विकास सूचाङ्का रुपमा नेपाल कस्तो देश हो?
उत्तर: मानव विकास सूचाङ्क रुपमा नेपाला मध्य स्तरको देश हो ।

१५. कुन प्रदेशमा कृषिक्षेत्र बढि रहेको छ? यसबाट विकासमा कस्तो प्रभाव पर्दछ ?
उत्तर: अन्य प्रदेशको तुलनामा प्रदेश न. १ मा कृषि क्षेत्र बढी छ ।

१६. कुन परदेशमा हिउँले ढाकेको क्षेत्र बढी छ ? विकासमा यसको प्रभाव कस्तो पढ्छ?
उत्तर: अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ४ मा हिउँले ढाकेको क्षेत्र बढी छ ।

अरु उत्तर छिट्टै थपिने छन ।

Post a Comment

0Comments
Post a Comment (0)